बाणगंगाको लक्ष्य भन्दा करिब १४ प्रतिशत बढी आन्तरिक राजस्व संकलन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । आ।व। २०८१र८२ को असार मसान्तसम्म विभिन्न राजस्व शिर्षकबाट ७ करोड ९६ लाख ५४ हजार ३६५ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेले  जानकारी दिनुभयो ।

गरपालिकाले आ .व. २०८१र८२ को असार मसान्तसम्म ७ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने प्रक्षेपण गरेको थियो ।

यद्यपि नगरले प्रक्षेपण भन्दा ९६ लाख ५४ हजार ३६५ रुपैयाँ बढी रकम संकलन गरेको हो । जुन कुल राजस्व संकलनको प्रक्षेपणभन्दा करिब १४ प्रतिशत बढी हो ।

नगरपालिकाको राजस्व शाखाबाट प्राप्त विवरणअनुसार नगरले सबैभन्दा बढी अन्य सेवा तथा विक्रि शुल्कबाट राजस्व संकलन गरेको छ । उक्त शिर्षकबाट नगरले १ करोड ९ लाख ५८ हजार ११६ रुपैयाँ संकलन गरेको छ ।

 

यस्तै भूमिकर र मालपोतबाट रु. १ करोड ८ लाख ४८ हजार १४३, सिफारिस दस्तुरबाट रु.१ करोड १६ हजार ४२८, नक्सापास दस्तुरबाट रु.९३ लाख ८१ हजार २९३, वहाल करबाट रु.७८ लाख ५१ हजार, सम्पत्ति करबाट रु. ६० लाख २९ हजार ६ सय, प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु.५२ लाख १० हजार ४७० रुपैयाँ, व्यवसाय करबाट रु.३७ लाख ३२ हजार ४ सय, वहाल विटौरी करबाट रु. २८ लाख १२ हजार १९५, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट रु.९ लाख १० हजार ४५०, सवारी साधन कर (साना सवारी) बाट रु।२ लाख ४९ हजार, सरकारी सम्पत्तिको वहालबाट प्राप्त आय रु. ३० लाख ३० हजार ५ सय, विद्युतीय सेवा शुल्कबाट रु. १ लाख २ हजार ९ सय र अन्य शीर्षकहरूबाट उल्लेखनीय राजस्व संकलन भएको छ ।

त्यस्तै प्रशासनिक दस्तुर, प्रमाणपत्र, दर्ता शुल्क, व्यवसाय दर्ता, बिज्ञापन कर, नापतौल दस्तुरलगायतका शीर्षकहरूबाट पनि कर उठाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार प्रमुख राजस्व शीर्षक तथा संकलित रकम यसप्रकार छन् 

 

 

नगर प्रमुख चक्रपाणी अर्यालले राजस्व संकलन नगरको आर्थिक स्वावलम्बन र विकास योजनालाई अघि बढाउने प्रमुख आधार भएको बताउनुभयो । नगरपालिकाले कर संकलनमार्फत आन्तरिक स्रोत परिचालनमा देखाएको सक्रियता आगामी दिनमा नगरको पूर्वाधार, सेवा प्रवाह र विकास निर्माणमा उपयोग हुने उहाँले बताउनुभयो ।

 

“राजस्व संकलनले नगरको सेवा प्रवाहलाई सहज बनाएको छ । संकलित रकमलाई शिक्षा, स्वास्थ्य, आधारभूत पूर्वाधार र जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरूमा पारदर्शी ढंगले खर्च गरिनेछ,” उहाँले भन्नुभयो ।

 

नगरउपप्रमुख रिताकुमारी चौधरीले नगरवासीको कर योगदानलाई नगरको समृद्धि र विकासमा परिणत गर्न नगर प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी र दिगो कर प्रणालीमार्फत स्रोत परिचालनलाई सुदृढ बनाउने जिकिर गर्नुभयो ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *