प्रथम कपिलवस्तु व्यापार मेलाको ९० प्रतिशत तयारी पुरा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघले आयोजना गर्न लागेको प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको ९० प्रतिशत तयारी पुरा भएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधिकरण’ भन्ने मूल नारा सहित यहि मंसिर ५ गतेदेखि पौष १७ गते सम्म सञ्चालन हुन लागेको आज बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

कार्यक्रमको बारेमा जानकारी दिदै कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष तथा मेला मुल समारोह समिति संयोजक खिमानन्द पौडेल (कोपिल) ले मेलालाई पूर्ण सफल बनाउन सबै पक्षसँग गरिएको छलफलबाट प्राप्त सुझावलाई समेटेर अघि बढेको बताउनुभयो । उहाँले प्रथम महोत्सवमा केहि कमजोरी भएपनि यस क्षेत्रमा अहिले सम्म लागेका मेलाहरु भन्दा पृथक बनाउने दाबी समेत गर्नुभयो ।

त्यस्तै मेलाका निर्देशक कृष्ण कुँवरले मेलको विशेषताको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले राष्ट्रिय तथा स्थानीय कलाकार सहितको सांस्कृतिक कार्यक्रम, जलपरी, फिसटनेल, विश्वकै अग्लो र होँचो कुकुर, बालउद्यान लगायतका विशेषता रहेको बताउनुभयो । त्यस्तै मेला स्थानमा फ्रि वाइफाई, फ्रि कफि, लक्की ड्र मार्फत दिनमा एक जनालाई साइकल उपहार, १ सय रुपैयाको टिकटमा १ सय बराबरकै सरफ लगायत विभिन्न विशेषता रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले सञ्चार र मिडियाको तर्फ बाट प्रथम व्यापार मेलालाई भब्य रुपमा सफल पार्न आफुहरु लागि परेको जानकारी गराउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा व्यापार संघका संरक्षक तथा सल्लाहकार हुमनाथ पौडेल, टोप नारायण बेल्वासे लगायतले बोल्दै मेलाले यस क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने, उपभोक्तामुखी क्रियाकलापमा बृद्धि गराइ स्थानीय बस्तुको बजार व्यवस्थापनमा सहयोग पुर्याउने, कृषिलाई बैज्ञानिक तथा व्यवसायीकरण गर्नमा सहयोग पुर्याउने, आधुनिक उपकरण नबिन प्रबिधि र ओैद्योगिक उपकारणका वारेमा उद्यमी तथा व्यवसायीलाई जानकारी गराउन सहयोग गर्ने बताउनुभएको थियो ।

मेलाको उद्घाटन कार्यक्रम भब्य रुपमा गरिने भनेपनि को बाट उद्घाटन गराउने भन्ने खुलाइएको छैन । मेला प्रवेशको लागि ५० र १०० रुपैयाको टिकटदर कायम गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *