नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


