दुर्घटना अपडेट : अर्घाखाँचीको शितगंगामा बस दुर्घटनामा ४ जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । शितगंगा नगरपालिका–२ भुवनपाटामा सुपादेउराली मन्दिर दर्शन गर्न आएको लु २ ख ३०३ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन्।

पश्चिम नेपाल समिति अन्तर्गतको उक्त बस सुपादेउराली मन्दिर दर्शनका लागि गइरहेको थियो। भुवनपाटाको घुम्तीमा बस अनियन्त्रित भई सडकबाट तल खसेको हो । बसको तीव्र गति र मोडका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा, प्रहरी र उद्धार टोलीले घाइतेहरूलाई उद्धार गरी नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याएका छन्। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनाको अनुसन्धान भइरहेको छ। दुर्घटनाको मुख्य कारण भने विस्तृत अनुसन्धानपछि मात्र पुष्टि हुने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *