दशैँ मनाउन ९ दिनमा ५ लाख बढीले काठमाडौँ छाडे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । दशैँ मनाउन ९ दिनको अवधिमा ५ लाखभन्दा बढी सर्वसाधारणहरू काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेबाट हालसम्म उपत्यकाबाट ५ लाख ६५ हजार सर्वसाधारणहरू दशैँ मनाउन गाउँ गएका छन्।

घटस्थापनादेखि यता ४ लाख २२ हजार यात्रुहरू बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले जानकारी दिए।

उनका अनुसार २४ घण्टाको अवधिमा मात्रै १ लाख यात्रु बाहिरिएकाे तथ्यांक छ। ‘बाढी पहिरोले राजमार्गहरू अवरूद्ध गरे पनि दशैँ मनाउन गाउँ जानेहरूको झनै चाप बढ्दै गएकाे छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *