जनहित अनलाइन , कपिलवस्तु । कपिलवस्तुको ठाकुरापुर स्कुटर दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीका ३० बर्षका हेमन्त गुरुङ रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।
लु ८७ प ७२१३ नम्बरको स्कुटर सडक छेउमा रहेको कुलोमा खसेको अवस्थामा भेटीएको हो ।
दुर्घटनापछि स्थानियले उनलाई देखेको र मृत्यु भइ सकेको बताएका थिए । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।


