जेनजी आन्दोलनमा अधिक बल प्रयोग, छानबिन पहिलो प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगलाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन्। जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको निष्पक्ष छानबिनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाइ थियो।

उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताए। गृहमन्त्री अर्यालले नयाँ पुस्ताको मागअनुसार अघि बढन पनि कर्मचारीहरुलाई निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *