टिचिङमा २८ शवको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ। अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ। हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिए। उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। […]

बुटवल-गोरुसिङ्गे सडकखण्ड अवरुद्ध, तामनगरको राजपुर पुल भासियो

बुटवल । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्डको बुटवल १२ तामनगरमा रहेको राजपुर पुल भासिएको छ । पुल भासिएपछि सो खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । पुल भासिएपछि आयोजनाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्रभावित क्षेत्र नजिकैको बस्तीमा सतर्कता अपनाउन स्थानीय प्रशासनले समेत […]

बाँकेका सुधारगृह र कारागारबाट भागेका २८५ कैदीबन्दी सम्पर्कविहिन

नेपालगन्ज । बाँके जिल्लाका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीहरूमध्ये २८५ जना अझै पक्राउ परेका छैनन् । भागेका मध्ये हालसम्म ५७ जना मात्रै पक्राउ परेको कारागार र बाल सुधारगृहले जनाएका छन् । जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट भागेका १९३ जना बालबन्दीमध्ये ४० जना […]

लुम्बिनी प्रदेशमा एमालेका ९ जिल्लामा पार्टी कार्यालय तोडफोड

बुटवल । जेनजी आन्दोलनका क्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेशका विभिन्न पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको छ। प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार पाल्पा, पूर्वी रुकुम र रोल्पा बाहेक लुम्बिनीका बाँकी ९ जिल्लामा रहेका एमालेका कार्यालयहरूमा क्षति पुगेको छ। उनले प्रदेश कार्यालयदेखि वडास्तरका पार्टी कार्यालयसम्म आन्दोलनकारीले तोडफोड गरेकाले क्षतिको विवरण संकलन सुरु गरिएको बताए। बुटवलस्थित प्रदेश […]

युवाले धैर्य देखाएको भए, एमाले नै आकांक्षा पूरा गर्ने पार्टी बन्ने थियो : शंकर पोखरेल

काठमाडौ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबारे टिप्पणी गर्दै आफ्नो पार्टी युवाहरूको आकांक्षा पूरा गर्ने बाटोमै अघि बढिरहेको बताए । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलको अनुगमनपछि कार्यकर्ता र सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको विधान महाधिवेशनमार्फत युवाहरूका माग सम्बोधन गर्न विविध छलफल भएको र […]

आलोचनापछि भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट हटाए उत्तेजक सूचना

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भ्रामक तथा उत्तेजक सूचना फैलाएको भनी चर्को आलोचना हुन थालेपछि युट्युबर भाग्य न्यौपानेले ती सबै भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्। २३ र २४ भदौमा राजधानीसहित देशका विभिन्न स्थानमा भएको प्रदर्शनका विषयमा उनले आफ्ना फेसबुक पेज र टिकटक ह्यान्डलमा थुप्रै भ्रामक भिडिओ पोस्ट गरेका थिए। न्यौपानेमाथि प्रदर्शनका क्रममा विभिन्न मिथ्या सूचना […]

जेनजी आन्दोलनमा अधिक बल प्रयोग, छानबिन पहिलो प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगलाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन्। जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले सो क्रममा भएको […]

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन

काठमाण्डाै । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेकाे मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गर्नुभएको छ । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक […]

सुदन गुरुङः शुक्रबार प्रधानमन्त्री कार्कीको खुट्टा ढोगे, आइतबार राजीनामा मागे

काठमाडौं ।  आफूलाई जेनजीको लिडर मान्ने सुदन गुरूङको समूहले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी गरेको छ। आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। ‘हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौं। त्यहीँबाट थुतेर निकाल्छौं […]