जिल्ला अध्यक्षहरूको भेला गर्दै राप्रपा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ।

राप्रपाले यही साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरुको भेला गर्न लागेको हो।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार भेला काठमाडौंको धुम्बाराहीस्थित एसआर बेंक्वेटमा हुनेछ।

राप्रपाले पार्टीको समग्र सांगठनिक अवस्था, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गर्दै आगामी रणनीति तय गर्नका लागि जिल्ला अध्यक्षहरूको भेला गर्न लागेको हो।

भेलाको पहिलो दिन अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्त लगायत रणनीति र आगामी कार्ययोजनाका बारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ् गर्ने राप्रपा प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए।

अध्यक्षको ब्रिफिङपछि ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठानिक प्रतिवेदन पेस गर्नेछन्।

पूर्वअध्यक्ष पशुपति शमसेर जबरा, निर्देशन समितिका अध्यक्ष डा।प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी संगठनका विविध पक्षमा जिल्ला अध्यक्षहरुसंग सामूहिक छलफल गर्नेछन्।

त्यस्तै आगामी वैशाखसम्ममा सबै स्थानीय तहको अधिवेशन सक्ने लक्ष्य लिएको अवस्थामा ०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि कस्तो रणनीति तय गर्ने भन्ने विषयमा पनि भेलामा छलफल हुने प्रचार विभाग प्रमुख श्रेष्ठले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *