गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले थाल्यो पुनः उडान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि पुनः उडान सुरु गरेको छ । पछिल्लो समय भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेमा थाई एयर एसिया मात्र हो ।

थाइल्यान्डको बैंककबाट १७ जना यात्रु लिएर भैरहवा आएको विमान भैरहवाबाट १ सय ६२ यात्रु लिएर बैंकक फर्किने तयारीमा छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्ने गरी उडान सुरु गरेको हो । आइतबार र बुधबार नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको महाप्रबन्धक तिवारीले बताए ।

पहिला उडान गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अहिले भैरहवाबाट नियमित उडान गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *