गुल्मीमा डहरेखोलाको पानीको बहाव बढेपछि सडक अवरुद्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मी । पानीको बहाव बढेपछि रुन्द्रावेणी वामी सडक अवरुद्ध भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका(६ उल्लीखोलास्थित डहरेखोलामा पानीको बहाव अत्यधिक बढेपछि आज बिहान ६स्३० बजेदेखि रुद्रवेणी(वामी सडक खण्डअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डिएसपी ० गंगाबहादुर सारुले बताए ।

उक्त स्थानमा जोहाङ प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक नरेन्द्रबहादुर बि।क।को कमाण्डमा दुई जनाको टोली खटिएको छ । पनि पानीको बहाव कम नभएसम्म बाटो खुलाउन नसक्ने जानकारी प्रहरीले जनाएको छ ।

डहरे खोलाले मंगलबार कार बगाएको थियो । यो सडक जिल्लाको पुरानो सडकको हो । तर, पक्की पुल अभावमा यहाँका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

यो सडक भएर गुल्मीको विभिन्न स्थानसँगै छिमेकी जिल्ला बागलुङको खरबाङ, बुर्तिबाङ लगायतसम्म पुग्ने सवारीसाधन चल्ने गर्दछन् । त्यस्तै रुरुक्षेत्र (१ साँखरमा सुख्खा पहिरोको कारण खर्ज्याङ रिडि सडक खण्ड अवरुद्ध भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *