गुल्मीको मदानेमा आठ दिनदेखि बेपत्ता पुरुष मृत फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । गुल्मीमा आठ दिनदेखि बेपत्ता पुरुष मृत फेला परेका छन् । जिल्लाकाे मदाने गाउँपालिका-७ भनभनेस्थित सामुदायिक वनमा ५६ वर्षीय शिवबहादुर घर्ती मृत फेला परेका हुन् ।

मृतक पुरुष धुर्काेट गाउँपालिका-६ रजस्थलका स्थानीय रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । घरपरिवारले खाेजी कार्य भेट्न सकेका थिएनन् ।

प्रहरीका अनुसार, घटनास्थलमा इलाका प्रहरी कार्यालय पुर्काेटदह र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टाेली खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *