जनहित अनलाइन, दाङ । दाङको तुलसीपुरमा रहेको सत्गुण उरोटी उद्योगको चरम लापरबाही बाहिरीएको छ । उक्त उद्योगले उत्पादन गरेको क्रीमरोल भित्र फलामकै टुक्रा भेटिएको छ ।
सत्गुण पाउरोटी उद्योगले उपभोक्ताको स्वास्थ्यको कत्तिपनि वास्ता गरेको पाइदैन । उक्त उद्योगले उत्पादन गरेको क्रिमलोर भित्र करिब ५/६ इन्च लामो खिया लागेको फलामको टुक्रा भेटिएको हो । दङ्गिशरणको हेकुलीमा रहेको युकिन जनरल स्टोरका सञ्चालक खुसरिाम चौधरीले आफुले ल्याएको एउटा क्रिमरोलमा उक्त फलामको टुक्रा भेटाएपछि यो विषय बाहिर आएको हो ।
यता सत्गुण पाउरोटी उद्योगका सञ्चालक तारा के.शीले आफुहरु बाट कमजोरी भएको स्विकार गर्दै अबदेखि त्यस्ता कमजोरीलाई सुधार गरेर लैजाने बताउनुभयो ।


