कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका( ११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।


मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका( ४ का भरतकुमार राई र महेश राई रहेका कास्कीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

अन्नपूर्ण(११ स्थित त्रिवेणी ताल पदमार्गमा निर्माणको काम गरिरहेका वेला आइतबार दिउँसो हावाहुरी र पानीसँगैको परेको चट्याङले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरुको शव अहिलेसम्म घटनास्थलमै छ। प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार जनाको प्रहरी टोली त्यसतर्फ गएको छ।

सोमबार बिहानसम्म शव परीक्षणका लागि अस्पताल लगिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *