जनहित अनलाइन, कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा चुनावी चहलपहल तिव्र बनेको छ । जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा चहलपहल बढेको हो । विशेष रुपमा हेरिएको जिल्लाको क्षेत्रनम्बर १ उम्मेद्वारहरुले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तिव्रता दिएका छन ।
यसैक्रममा कपिलवस्तुको क्षेत्रनम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार कृष्ण कुँवरले मतदाता भेटघाटलाई चुस्त पारेका छन । समाजसेवामा उत्कृष्ट पहिचान बनाएका कुँवर बाणगंगा निवासी हुन । उनले विगतमा गरेको समाजसेवाकै कारण निर्वाचन जित्ने पार्टीका नेता कार्यकर्ताहरुले बताउँछन ।
उम्मेद्वार कुँवले उम्मेद्वारी दर्ता पश्चत मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत मागिरहेका छन । मतदाताको गुनासो सुन्दै ति गुनासा र समस्यालाई हल गरिदिने बाचा गर्दै उनी गाउँ र टोलटोलमा पुगिरहेका छन ।
आफुलाई अरु राजनैतिक दलका नेताको रुपमा नहेर्न भन्दै जितेपछि जनताकै बिचमा रहने उनले प्रतिबद्धता जनाएका छन ।


