कपिलवस्तु फोटोग्राफर संघको चौथो अधिवेशनः चौधरीको नेतृत्वमा नयाँ कार्य समिति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरीे चयन हुनुभएको छ । शनिबार संघको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन बाट चौधरीेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएकोे हो ।

त्यस्तै समितीको उपाध्यक्षमा कृष्ण पाण्डे, सचिवमा कृष्ण खनाल, सहसचिवमा विशाल बेलबासे, कोषाध्यक्षमा श्याम प्रसाद तथा सदस्यहरुमा शिव गुलाम चौधरी, विष्णु पौडेल र कृष्ण सापकोटा कडेल निवार्चित हुनुभएको छ ।

साधारण सभा तथा अधिवेशनको खुला सत्रमा बोल्दै कपिलवस्तु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले फोटोग्राफर पेशा विशेष किसिमको पेश रहेको भन्दै यस पेशामा अवद्ध सबै चनाखो हुन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, बाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले नगरपालिकाले कपिलवस्तु फोटो ग्राफर संघका गतिविधिलाई नजिक बाट नियालिरहेको भन्दै संघलाई आगामि दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल फोटोग्राफर महासंघकी केन्द्रीय सदस्य कमला पन्थ, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका उपप्रमुख सुजन ज्ञवाली, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुषाल लगायतको उपस्थिति रहेको थियो ।

उक्त अधिवेशनमा संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका कार्ययोजना सार्वजनिक गरिएको थियो । संघलाई थप सबल र पेशागत हैसियतमा सक्षम बनाउन विभिन्न प्रस्ताव पारित गरिएको संघले जनाएको छ । वाणगंगा–४ स्थित पंजाबी तड्का पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संघका सचिव कर्ण तिवारी (कुमार) ले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *