कपिलवस्तुको शुद्धोधनमा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिता ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासन र पहिचानका लागि खेलकुद’ भन्ने नाराका साथ वरगदहवाको खेलमैदानमा सुरु भएको हो।

लुम्बिनी प्रदेश सांसद मधुसूदन शरण चौधरीले खेलको उद्घाटन गर्दै पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले खेलले खेलाडी उत्पादनमा मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए।

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले पालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले खेलाडीको खेल सिप विकासमा पालिकाले आवश्यक सहयोग गर्ने बताए । उनले प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्फुटन गरेर पहिचान स्थापित गर्न उनले सबैलाई आग्रह गरे ।

वडाअध्यक्ष मनोज कुमार यादव, मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष बजरंगी चौधरी लगायतले खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिए। उनीहरूले छैठौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगिताले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विद्यार्थीहरूलाई सहभागी हुन मद्दत पुग्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *