कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु  । कपिलवस्तुको दक्षिणी सीमा क्षेत्र मर्यादपुरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोग तथा कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवाहरू, सुरक्षाकर्मी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमका संयोजक ध्यानेन्द्र मणि त्रिपाठीका अनुसार कुल ३५ पिन्ट रगत सङ्कलन गरिएको थियो। उहाँले यस कार्यक्रमले ग्रामीण तथा सीमावर्ती क्षेत्रमा रक्तदानप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

संस्थाका अध्यक्ष मन्जित सिंहले दक्षिणी क्षेत्रका बासिन्दामा सामाजिक उत्तरदायित्व र मानवताप्रतिको भावना जगाउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष पनि सो क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो, जसमा उल्लेखनीय संख्यामा स्थानीय युवाहरूले रगतदान गरेका थिए।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानहरू, स्थानीय शिक्षक, समाजसेवी तथा युवा स्वयंसेवकहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। आयोजकहरूले रगतदानले मानवीय जीवन बचाउन मद्दत गर्ने भएकाले यसलाई निरन्तर अभियानका रूपमा अघि बढाइने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *