कक्षा १२ को नतिजामा होराइजनले ल्यायो उत्कृष्ट नतिजा, गिरि कपिलवस्तुमै प्रथम भएको दाबी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, सिद्धिपुरले यस वर्षको कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका मेधावी छात्र मनिस गिरीले ३.९० जिपिए प्राप्त गर्दै कपिलवस्तु जिल्लामै प्रथम स्थान हासिल गरेको विद्यालयले दाबी गरेको छ ।

विद्यालयले समग्रमा होराईजन कपिलवस्तु जिल्ला प्रथम भएको दाबी गरेको हो ।

विद्यालयबाट परीक्षा दिएका अधिकांश विद्यार्थीले उच्च अंक प्राप्त गरेका छन्। विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरेका अनुसार २२ जनाले ३।६–४ जिपिए ल्याएका छन् । यस्तै ३.२–३.६ जिपिएमा ९२ जना, २.८–३.२ जिपिएमा ७० जना र २.४ (२.८ जिपिए प्राप्त गर्ने २४ जना रहेका छन्।

“हाम्रा विद्यार्थीहरूले गरेको मेहनत, शिक्षकको समर्पण र विद्यालय परिवारको एकता यो सफलताको मूल कारण हो। मनिस गिरिसहित सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई छ। हामी आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धतासहित अघि बढ्छौं,” प्रधानाध्यापक घिमिरेले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुले समेत सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक गुणस्तर अझ उचाइमा पुर्‍याउने बताउनुभयो।

होरा‌इजन अङ्ग्रेजी आवासीय मावि परिवारले यस सफलतामा गर्व व्यक्त गर्दै उज्वल शैक्षिक भविष्यको शुभकामना दिएको छ।

यता बाणगंगा नगरपालिका–११ मा अवस्थित हेमराज माध्यमिक विद्यालयले सामुदायिक विद्यालयतर्फ कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै पहिलो भएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *