स्वास्थ्य सेवाग्राहीको सुविधाका लागि वन तथा खानेपानी संस्थाबाट सामाग्री सहयोग

सागर बेल्बासे साउन २१ कपिलवस्तु । श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समिति तथा गजेडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिद्वारा बाणगंगा नगरपालिका वडा नम्बर १ मा रहेको उत्तम नगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा लिन आउने सेवाग्राहीहरूलाई सुविधाको लागि शुद्ध खानेपानीका लागि पानी फिल्टर,इएनटी सर्जिकल सामग्री सेट,विभिन्न खोप केन्द्रका सेवाग्राहीको सुबिधाका लागि स्टेन पंखा लगायतका सामाग्रीहरु शृङ्गीघाट […]
सिद्धार्थ क्याम्पसले “मेरो क्याम्पस, मेरो कथा” भिडियो डायरी प्रतियोगिता गर्दै

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको सिद्धार्थ क्याम्पस बुङ्चिीले “मेरो क्याम्पस, मेरो कथा” – भ्लग (भिडियो डायरी) प्रतियोगिता आयोजना गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनात्मकता, प्रतिभा र अनुभव प्रस्तुत गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको आज क्याम्पस प्रसासनले एक सुचना मार्फत जनाएको छ । हेर्नुहोस् सुचना
सैनामैना पर्रोहा परमेश्वर नमुना मावि कक्षा १२ को नतिजामा नगरमै उत्कृष्ट

जनहित अनलाइन, कपिलवस्तु । रुपन्देहीको सैनामैनामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना मावि कक्षा १२ को नतिजामा उत्कृष्ट हुन सफल भएको छ । मंगलबार प्रकाशित नतिजामा विद्यालयल उत्कृष्ट हुन सफल भएको हो । विद्यालयका छात्र सनम थापाले नगरमै सवैभन्दा उच्च अङ्क ३.८७ जिपिए ल्याएको प्रधानाध्यापक नेत्रलाल पुरीले जनहित अनलाइन सङ्ग बताउनुभयो । उत्र्तीण प्रतिशतका आधारमा उक्त […]
गायक पशुपति शर्मा सवार कार दुर्घटना

काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । पोखराबाट वालिङ जाँदै गरेको गायक शर्मा सवार ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी दधिराम न्यौपानेका अनुसार, सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परेको हो । उक्त कारमा चार जना सवार थिए । गायक […]
हेमराज मावि कक्षा–१२ को नतिजामा सामुदायिक बिद्यालय तर्फ कपिलवस्तुमै प्रथम
जनहित अनलाइन, कपिलवस्तु । कक्षा १२ को नतिजामा बाणगंगा नगरपालिका–११ मा अवस्थित हेमराज माध्यमिक विद्यालयले सामुदायिक विद्यालयतर्फ कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्रधानाध्यापक विकास श्रेष्ठका अनुसार विद्यालयकी छात्रा पुनम चौधरीले ३.८५ जिपिए ल्याएर जिल्लामै प्रथम स्थान हासिल गरेकी छन । त्यस्तै अर्का विद्यार्थी अर्जुन लम्सालले ३.८२ जिपिए प्राप्त गरेका छन् […]
कक्षा १२ को नतिजामा होराइजनले ल्यायो उत्कृष्ट नतिजा, गिरि कपिलवस्तुमै प्रथम भएको दाबी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, सिद्धिपुरले यस वर्षको कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका मेधावी छात्र मनिस गिरीले ३.९० जिपिए प्राप्त गर्दै कपिलवस्तु जिल्लामै प्रथम स्थान हासिल गरेको विद्यालयले दाबी गरेको छ । विद्यालयले समग्रमा होराईजन कपिलवस्तु जिल्ला प्रथम भएको दाबी गरेको हो । विद्यालयबाट परीक्षा […]