इलाममा पहिरोले पुरिँदा एकै परिवारका ६ सहित ८ जनाको मृत्यु, दर्जनभन्दा बढी बेपत्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलाम । इलाममा पहिरोले पुरिँदा एकै परिवारका ६ सहित ८ जनाको मृत्यु, दर्जनभन्दा बढी बेपत्ता भएका छन् । मौषम पुर्वानुमान महाशाखाले भारि वर्षको अनुमान गरेसङ्गै उच्च सतर्कता अपनाउँदा अपनाउँदैपनि इलममा ठुलो घटना भएको छ । त्याहाँ ठुलो जनधनको क्षति भएको खबरले अहिले इलाम सङ्गै देशनै शोकमा डुबेको छ । निरन्तरको झरीसँगै गएको पहिरोले पुरिँदा एकै परिवारका ६ जना सहित इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए ।

यसैगरी सन्दकपुर गाउँपालिका १, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको अवस्था गम्भीर छ । माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यस्तै, सन्दकपुर गाउँपालिका ३, सुलुबुङमा एकजना, माङ्सेबुङ गाउँपालिका १ मा १ गर्भवती महिला र १ पुरुष गरी २ जना गम्भीर घाइते छन् । उता इलामकै फाकफोकथुम३, आमचोक रातमाटेमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लाको माङसेबुङ मानेभन्ज्याङ, देउमाईसहित इलाम नगरपालिकाका विभिन्न स्थानमा पहिरोले पुरिँदा केही नागरिक बेपत्ता भएका छन् । बेपत्ताको संख्या यकिन नभएको उनले बताइन् । यद्यपि स्थानीयले भने यी स्थानमा १५जना बेपत्ता भएको बताएका छन् । पहिरोले दर्जनौं घरमा क्षति पुर्‍याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *