सुर्खेत । आइतबार दुई छोराछोरीसहित आमा बेपत्ता भएको घटनामा आमा पश्चात् छोरीको पनि शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायत, ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएका थिए ।
जसमध्ये मायाको शव सोमबार बेलुका भेरी नदीमै फेला परेको थियो । यस्तै, छोरी आशाको शव मंगलबार बिहान गुर्भाकोट नगरपालिका—१३ को भम्का भन्ने स्थानमा फेला परेको सुर्खेत प्रहरीले जनाएको छ ।
यस्तै छोराको अवस्था भने अझै अज्ञात छ । माया आइतबार बिहान ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।
त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिएका थिए । ‘घरदेखि करिब ३ किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पर्यो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले भने ।
त्यसपछि मायाले भेरीमै हाम फालेको हो कि भन्ने आशङ्का प्रहरीले गर्यो । सोही अनुसार सोमबार बिहानैदेखि ३५ जना प्रहरी तथा स्थानीय व्यक्ति मिलेर खोजतलासमा सक्रिय भए ।
सोमबार बिहानैदेखि ३५ जना प्रहरी तथा स्थानीय व्यक्ति मिलेर खोजतलासमा सक्रिय छ ।


