अर्घाखाँचीको भुमिकास्थानमा चुन ढुङ्गा खानी खोल्न मेयरको किर्ते हस्ताक्षर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले केही अनाधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिका माथि नै प्रहार गरेको बताएका छन्।

वार्ड नम्बर ९ ढिकुराको सानोडेभाको चुनढुङ्गा खानीका सन्दर्भमा भूमिकास्थानले चुनढुङ्गा उत्खननका लागि विजया सिमेन्टलाई सिफारिस पत्र उपलब्ध गराएको भनी नगरपालिकाबाट जारी भएको भनी नगरप्रमुख झविलाल थापाको किर्ते हस्ताक्षर र कागजात तयार गरि सामाजिक संजालमा गलत प्रचारप्रसार भएको विषयलाई लिएर नगरपालिकाले आयोजना पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख थापाले सो कुरा बताएका हुन।

नगरप्रमुख थापाले उक्त स्थानमा चुनढुङ्गाको उत्खनन गर्नै नहुने भनी कार्यपालिका बैठकले निर्णय गर्दा पनि उत्खनन हुने स्थान सम्मको लागि बाटो खन्ने कार्य गर्नु कानुन र नितिलाइ नटेरेको ठहरिने भन्दै उहाले आफू कुनै पनि हालतमा उत्खनन गर्न दिने पक्षमा नभएको बताउनु भयो ।

किर्ते हस्ताक्षर र कागजात तयार गरि सरकारी कागजातको दुरुपयोग गर्ने सम्बन्धित व्यक्ति वा संस्थालाई कानुनी कार्वाहीको दायरामा ल्याइ कार्वाही गर्ने र किर्ते सिफारिस मार्फत विजया सिमेन्टले प्राप्त गरेको चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरि भूमिकास्थान नगरपालिकालाई जानकारी उपलब्ध गराउन भनी खानी तथा भुगर्भ विभागलाई पत्रचार समेत गरेको नगरप्रमुख थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *