पावर सामुदायिक वनद्वारा पावार मा.वि. लाई १ लाख बढिको कोचिङ्ग शुल्क प्रदान

चेतन विष्ट, अर्घाखाँची । विभिन्न उत्कृष्ट कार्य गर्दै प्रशंसा कमाइरहेको अर्घाखाँचीको शितगङ्गा–१४ स्थित पावर सामुदायिक वनले विद्यार्थीको कोचिङ्ग कक्षा सञ्चालन गर्न १ लाख बढी रकम प्रदान गरेको छ । २०८२ सालको एस.ई.ई परीक्षा दिने तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ्ग कक्षा सञ्चालन गर्न पावर माध्यमिक विधालयलाई १ लाख १ हजार १ सय रुपैयाँ प्रदान […]
महत्वपुर्ण निर्णय सहित बाणगंगाको कार्यपालिका बैठक सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगानगरपालिकाको कार्यपालिका बैठक नगरप्रमुखको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहनलाल आचार्यसहित देशभरबाट निर्वाचित सम्पूर्ण सांसदहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले निर्वाचन प्रक्रियामा […]
समानुपातिकतर्फ १ कराेड ७ लाख मतगणना : रास्वपालाई ५१ लाख २९ हजार मत

काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । निर्वाचन आयोगकाे पछिल्लाे विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले ४७ प्रतिशतभन्दा धेरै अर्थात् ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार […]
कपिलवस्तुमा पूर्वमन्त्री र प्रमुख दलका उम्मेद्वारकै धरौटी जफत

कपिलवस्तु । तीनवटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा नेकपा एमालेका २ जना उम्मेदवार तथा एक पूर्वमन्त्रीसहति ८९ जनाको जमानत जफत भएको छ। निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार तीन निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका ९ जनाले मात्रै जमानत जोगाउन सकेका हुन्। क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार विश्राम प्रसाद थारु, क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार दीर्घ नारायण पाण्डेय, […]
एलपी ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न कपिलवस्तु प्रशासनको आग्रह

कपिलबस्तु । बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न जिल्ला प्रशासन कपिलबस्तुे आग्रह गरेको छ । प्रशासनले कृत्रिम अभाव सिर्जना भएको भन्ने गुनासो बढेपछि ग्यासको भण्डारण, आपूर्ति तथा बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायी तथा डिलरहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेको हो । प्रशासनका अनुसार पछिल्लो समय जिल्लाका विभिन्न बजार क्षेत्रमा एलपी ग्यास सहज रूपमा […]