२ दिने निशुल्क आँखा शिविर सम्पन्न, १६ सय बढीले लिए सेवा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । बाणगंगाको पिपरा अस्पतालमा सञ्चालन भएको २ दिने निशुल्क आँख जांच शिविरमा १६ सय बढीले सेवा लिएका छन । हिजो मंगलबार बाट सुरु भएको शिविवरमा नगर भित्रका १६ सय २७ जनाले आँखा जाँच गराएका हुन ।

जस मध्ये १३१ जनाको शल्यक्रिया गरिएको नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जनहित अनलाइन सङ्ग बताउनुभयो । आँखा जाँच गराएका मध्ये ६३३ जनालाई चस्मा वितरण गरिएको उहँले बताउनुभयो ।

पहिलो दिन मंगलबार ८ सय जनाले आँखा चेकजाँच गराएका थिए । जसमध्ये ७४ जनाको आंखाको शल्यक्रिया र २ सय ८५ जनालाई निशुल्क चस्मा प्रदान गरिएको थियो ।

बाणगंगा नगरपालिकाको ४ लाख रुपैया आर्थिक सहयोग र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज द्वारा संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क शिविर संचालन गरिएको हो । सेवाग्राहीहरुले घर आँगनमै सेवा लिन पाएको भन्दै खुसी समेत व्यक्त गरेको छन् ।

नगरप्रमुख चक्रपाणी अर्यालले शिविरको समापन गर्दै नगर भित्रका निम्न वर्गका र आँखाको समस्या भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै शिविर समापन कार्यक्रममा बोल्दै नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल र पिपरा अस्पतालका निमित्त मेसु डा. तेजेन्द्र चौधरीले पछिल्लो समय विभिन्न कारणले धेरै व्यक्तिमा आँखाको समस्या देखिएको भन्दै यस्ता शिविर महत्वपुर्ण हुने बताउनुभयो ।

-सामाचरामा केहि त्रुटि भएकोले सच्च्याइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *