जनहित अनलाइन, कपिलवस्तु । आगामी २७ गतेदेखि काठमाडौमा हुन लागेको आन्दोलनलाई सहयोग र समर्थन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले आग्रह गरेको छ । शनिबार बाणगंगाको चारनम्बर चोकमा आयोजना गरिएको काणसभा मार्फत जिल्लावासीलाई यस्तो आग्रह गरिएको हो ।
कोणसभालाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीले जनताको माग बमोजिम देश र जनताको लागि विभिन्न मागहरु सहित आन्दोलन गर्न लागिएकोले सहयोग गर्न कपिलवस्तुवासी सहित सम्पुर्णलाई आग्रह गर्नुभयो । देश बनाउने मात्र नभएर बचाउनुपर्ने अवस्थामा नेपाल पुगेको भन्दै आन्दोलनमा सहभागि हुन उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीलाई बुझाएको ४० बुद्दे ज्ञापनपत्र बारे जनतालाई जानकारी गराउन पनि कोणसभाकोआयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा बाणगंगा आन्दोलन प्ररिचालन समितिका अध्यक्ष भोजराज आचार्यले बताउनुयो ।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष नारायण बहादुर सिङ, लुम्बिनि प्रदेश सदस्य देवेन्द्र श्रीवास्तव, राप्रपा नेता भिस्म बन्जाडे लगायतले देशलाई कठिन परिस्थिती बाट पार लगाउन राप्रपाको योजना र विचारको विकल्प नरहेको बताउनुभयो ।
राप्रपाका नेता, कार्यक्रता सहितको उपस्थितीमा भएको कोणसभालाई नगर प्रवक्ता भिम शाहिले सञ्चालन गर्नुभएको थियो ।
प्रधानमन्त्रीलाई बुझाएको ४० बुद्दे ज्ञापनपत्रमा के छ ?



