होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा ५२ जना पक्राउ, १२२ सवारी नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु।  होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा कपिलवस्तु प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरूको अवस्था हेरेर उनीहरूविरुद्ध मुद्दा चलाउने वा छाड्ने निर्णय हुने प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरीले होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १२२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *