होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा ५२ जना पक्राउ, १२२ सवारी नियन्त्रणमा

कपिलवस्तु।  होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा कपिलवस्तु प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको अवस्था हेरेर उनीहरूविरुद्ध मुद्दा चलाउने वा छाड्ने निर्णय हुने प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १२२ […]

देशका अधिकांश भागमा आज मौसम सफा रहने 

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली […]

‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी हुँदै

कोहलपुर, ।  ‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धी फोटो प्रदर्शनी नेपालगन्जमा हुनेभएको छ । फोटो प्रदर्शनीबारे बिहीबार नेपालगन्जका सरोकारवालासँगको छलफल तथा भेटघाट गरिएको छ । फोटो सर्कलको आयोजनामा आगामी चैत ४ देखि ६ गतेसम्म स्थानीय रामलिला मैदानमा प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनीको निःशुल्क अवलोकन गर्न सकिने आयोजकको भनाइ छ । फोटो सर्कलका को–फाउन्डर नयनतारा गुरुङले […]

तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली […]