जनहित अनलाइन, कपिलवस्तु । नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुले विभिन्न कार्यक्रम गरि १० औं स्थापना दिवस मनाएको छ । संघले बाणगंगाका विभिन्न दुई वटा संस्थाहरुलाई खेलकुद सामाग्री प्रदान गरि स्थापना दिवस मनाएको हो ।
लागू औषध दुव्र्यसनको कुलतमा फसेकाहरुको उपचार तथा पुनःस्थापना केन्द्र राजेश स्मृति फाउन्डेसन र फ्रीडम फाउन्डेसनलाई खेल सामाग्री हस्तान्तरण गरिएको नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुका अध्यक्ष पदम प्रताप सेनले जनहित अनलाइन सङ्ग बताउनुभयो । रााजेश स्मृति फाउन्डेसनका अध्यक्ष दिनेश सेन र फ्रीडम फाउन्डेसनका अध्यक्ष हेमन्त थापालाई फुटबल, जर्सी, ब्याडमिन्टन, लुडो, चेस, टिटि खेलका सामाग्री लगायत खाध्य सामाग्री गरि ७० हजार बराबरका सामाग्री प्रदान गरिएको अध्यक्ष सेनले बताउनुभयो ।
अध्यक्ष सेनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यता, कांग्रेस कपिलवस्तुका जिल्ला सदस्यद्वय टेक बहादुर शाही, रबि काफ्ले र महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो ।
खेलकुद संघका पदाधिकारी, नेपाली काङ्ग्रेस जिल्ला तथा नगरका पदाधिकारी लगायतको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा युवा नेता प्रविन पौडेलको स्वागत युवा नेता बुद्धि बहादुर रोकाहा (दिनेश) को सञ्चालन रहेको थियो ।



