सुस्मिता हत्या प्रकरणः न्यायको लागि आन्दोलनलाई अझ सशक्त बनाइने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । २०७७ सालमा हेटौंडामा सुस्मिता केसीको हत्यामा मुख्य योजनाकार भनिएका दुई जनालाई उच्च अदालतले सफाई दिएपछि आन्दोलनमा उत्रिएको संघर्ष समितिले आन्दोलनलाई अझ सशक्त बनाउने भएको छ । केहि दिन अगाडि सुस्मिताको माइती घर कपिलवस्तुको बाणगंगामा गठन भएको संघर्ष समितिले सो निर्णय गरेको हो ।

लामो संर्घस पछि जिल्ला अदालतले हत्याराहरुलाई कानुनी दायरामा ल्याएको भएपनि उच्च अदालतले मुख्य योजनाकार अरुण कार्की र दुर्गा थापा कार्कीलाई नै छुटाएको भन्दै आन्दोलनमा उत्रिएको परिवार, आफन्त र संघर्ष समितिले अब कपिलवस्तु, हेटौडा र राजधानी केन्द्रित आन्दोलनलाई सशक्त गराउने भएका हुन । जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले उल्ट्याउँदै मुख्य योजनाकार भनिएका दुई जनालाई सफाई दिएपछि सुस्मिताको परिवार र आफन्तले पुन उनका हत्यारा र योजनाकारले जन्म कैद सजाय पाउनुपर्ने भन्दै माग गरेका छन ।

छोरीका हत्यारालाई जिल्ला अदालतले कानुनी दायरामा ल्याएको भएपनि उच्च अदालत भने आर्थिक प्रलोभनमा परेर छुटाएको हुनसक्ने उनकी आमा गंगा केसिले आरोप लगाउनु भएको छ ।। उच्च अदालतको फैसला विरुद्ध आफुहरु अब सर्वोच्च अदालत जाने तयारी गरेको उनले बताइन ।

आईतबार बसेको संघर्ष समितिको बैठकमा सुस्मिता केसीका ठुला बुवा हेम खड्काले छोरीको न्यायका लागि हिजोको दिनमा जस्तै सबैको साथ सहयोग आवश्यक रहेको बताउनु भयो । दिनानु सुस्मिता जस्ता छोरीको विभिन्न कारणले ज्यान गएको हुर्दा यसमा न्यायका लागि सबैले साथ दिन समेत आग्रह गर्नु भयो ।

गत २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित घरमा केसीको हत्या गरिएको थियो । घटना भएको भोलि पल्ट मात्र हत्या गरिएको अवस्थामा केसीको शव फेला परेको थियो । केसीको हत्यापछि ससुरा प्रकाश, नन्द सीता, सासुले आत्महत्या देखाउने प्रयास गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीका अनुसार उक्त घटनामा केसीकी जेठी नन्द दुर्गा र ज्वाइँ अरुणको संलग्नता देखिएको थियो ।

कपिलवस्तुको बाणगंगा माइती भएकी केसीको २०७६ छेयतर वैशाख १८ गते प्रकाशका छोरा रुपेन्द्र थापासँग विवाह भएको थियो । विवाह गरेको छ महिनामा नै रुपेन्द्रको मृत्यु भएपछि बिमा बापतको रकमका लागि केसीको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

बैठक संघर्ष समितिकी अध्यक्ष अम्बिका पौडेलको अध्यक्षता तथा सचिव जमुना सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । बैठकमा संघर्ष समितिका पदाधिकारी, सल्लाहकार सहित विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो । न्याय सङगत तरिकाले न्याय नभएमा आन्दोलनमा उत्रिने संघर्ष समितिले जनाएको छ । यता सुस्मिता केसीको न्यायका लागि कपिलवस्तु वासीले साथ दिदै जुन सुकै बेला पनि आफुहरु न्यायका लागि आवाज उठाउने महिलाअर्धिकार कर्मिहरुको भनाई छ । जिल्लामा मात्रै होईन भोलि न्यायलयको ढोका सम्म जान परे पनि आफुहरु जाने कपिलवस्तु वासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *