सुनसरीबाट करिब १ सय ६३ किलो गाँजा बरामद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा गए राति इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले नदीको किनारमा बेवारिसे अवस्थामा रहेको ५ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *