सुनको भाउमा आज पनि नयाँ रेकर्ड, तोलाको १ लाख ३४ हजार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ । सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ३३ हजार रुपैयाँ कायम भएको थियो । लगातारजसो सुनको भाउ बढिरहँदा व्यापार घटेको व्यवसायीले बताएका छन् ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय १० रुपैयाँ कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *