सिद्धार्थ क्याम्पसमा ‘तीज गीत तथा नृत्य प्रतियोगिता’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  सिद्धार्थ क्याम्पस बाणगङ्गामा तीज गीत तथा नृत्य प्रतियोगिता क्याम्पस सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को संयुक्त आयोजनामा क्याम्पसको सभाहलमा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

कार्यक्रममा स्नातक तहका विभिन्न समूहले तीज सम्बन्धी परम्परागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । नृत्यमा विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्दा दर्शकहरू अत्यन्तै उत्साहित बनेका थिए । परम्परागत पोशाक, परम्परागत लय र जोशपूर्ण प्रस्तुतिले सम्पूर्ण क्याम्पस वातावरणलाई तीजमय बनाएको थियो । कार्यक्रमका प्रतिस्पर्धीहरुले विदेशिएका नेपालीहरूको वेदनालाई कलात्मक रूपमा चित्रण गरेका थिए ।

गीत–नृत्यमार्फत युवायुवतीहरूले परदेशिएका नेपालीहरूको पीडा, घर–परिवारप्रतिको सम्झना, आमाबाबुको सेवा गर्न नपाएको कष्ट, चाडपर्वमा वियोगको अनुभूति लगायतका भावनाहरू सजीव रूपमा प्रस्तुत गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख बेदराम अर्याल, सहायक क्याम्पस प्रमुख कमल प्रसाद पोख्रेल र गोविन्द प्रसाद खनालले तीज पर्वको महत्व, संस्कृतिको संरक्षण तथा विद्यार्थीको प्रतिभा प्रस्फुटनका सम्बन्धमा मन्तव्य दिनुभएको थियो ।

सो अवसरमा बोल्ने अवसरमा वक्ताहरूले तीज पर्व नेपाली समाजमा महिला सशक्तिकरण, आत्मीयता र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिने धारणा व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापकहरु राजकुमार अर्याल, अनिमा जिसी र रमेश पौडेल रहनुभएको थियो ।

निर्णायकहरूको संयुक्त निर्णयबाट विएड प्रथम वर्षको कुस्मा विकको समूह प्रथम, विविएस तेस्रो वर्षको राधिका शर्माको समूह द्वितीय, विएड दोस्रो वर्षको ममता भट्टराईको समूह तृतीय तथा विविएस प्रथम वर्षको वृक्षा पन्थीको समूह सान्त्वना प्राप्त गर्न सफल भएको थियो ।

कार्यक्रम अतिरिक्त क्रियाकलाप समिति संयोजक रमेश पौडेलको अध्यक्षता, उपप्राध्यापक कुलराज भुसालको सञ्चालन र स्ववियु अध्यक्ष मनोेज न्यौपाने स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

May be an image of 10 people, people smiling and text that says 'हरितालिका तीज ၃၀၀၃ को अव सरमा तीज गीत तश्षा नृत्य तियोगि 04/00 आबोजव: GRF दनियर 10'

May be an image of 13 people, people smiling and text that says 'हरितालिका तीज पर को अवसरच्य रय्री শ্ी'

May be an image of 7 people, people smiling and text that says 'तह- लह-आयो. आबो. हरितालिका तीज ၃၀၀၃ को अवसरमा तीज गीत तभा नृल पदिगोनिता E6 स्वनत्त्र विशा'

Leave a Reply

Your email address will not be published. Required fields are marked *