मधुवन सामुदायिक वनः लक्षित वर्गको जीवनस्तर उकास्न नगद तथा सामग्री हस्तान्तरण

कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालित लक्षित वर्ग सहयोग तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत २२८ जना एकल महिला तथा पुरुषलाई नगद सहयोग प्रदान गरिएको छ। त्यसैगरी अपाङ्गता भएका, असहाय तथा विपन्न परिवारलाई सहयोग सामग्री वितरण गर्नुका साथै युवा–युवतीलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। […]