सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सशक्तिकरण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सरिता थारु, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका, गौरभारीमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरण अन्तर्गत दोस्रो चरणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सुरक्षा जालो शिवराज, नमुना एकीकृत विकास परिषद्, र टेवा द्वारा आयोजित उक्त कार्यक्रममा युएन उमन र साउमी फिनल्याण्ड को सहकार्य रहेको थियो ।

सार्वजनिक सुनुवाइमा विद्यार्थी, शिक्षक, युवा क्लब अध्यक्ष, बाल क्लब अध्यक्ष, महिला स्वयंसेविका, र टोल आमा समूहका महिलाहरूले सक्रिय रूपमा भाग लिँदै बाल विवाह, दाइजो प्रथा, महिला हिंसा, र बाल श्रमको विषयमा प्रश्न उठाएका थिए । कार्यक्रममा प्रश्नहरुलाई सम्बोधन गर्दै शिवराज नगरपालिका लैंगिक उत्तरदायिक बजेट ल्याएको बताउनुभयो । उहाले शिवराज नगरपालिकामा महिला बालबालिका जेष्ठ नागरिक , अपांगता भएका व्यक्ति, कृषक सबैलाई समेटने गरि बजेट ल्याएको बताउनुभयो । साथै उहाले पालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा विशेषगरी लगानी गरेकोमा जोड दिनुभयो ।

वडा नम्बर १० की अध्यक्षले बाल बालिकाका हक हितका लागि बजेट छुट्याइए पनि कार्यक्रम आयोजना गरेर बजेट लिन कोही नआएकोमा दुःख व्यक्त गर्नुभयो ।

विरपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक तस्बिर घर्तीले महिला हिंसाको समस्यामा शिक्षाको कमीलाई प्रमुख कारण मानी दाइजोको कारणले कुटपिट हुने महिलाहरूले उजुरी गर्ने गरेको जानकारी गरानुभयो यता वडा अध्यक्षहरूले महिलाको क्षमता विकासका लागि विभिन्न तालिमहरू आयोजना गरेको र टोलहरूमा महिलाका हकहितका लागि थुप्रै काम गरेको बताउनु भयो । आगामी दिनमा पनि महिलाहरू र बालबालिकाका लागि काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाले यस क्षेत्रमा दाइजो प्रथाको समस्या रहेको र यसलाई समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।

साथै, हिंसामा परेका महिलाहरूलाई आवाज उठाउन आग्रह गर्नुभयो। विरपुर स्वास्थ्य चौकीका प्रमुख राजेश कुवरले यस क्षेत्रमा बालबाविवाह व्यापक रहेको बताउदै २० वर्ष उमेर नपुग्दा छोराछोरीको विवाह नगरिदिन अनुरोध गर्नुभयो । उहाले सानै उमेरमा गरिने विवाहले महिलाको प्रजनन स्वास्थ्यमा असर गर्ने बताउनु भयो । टेवा टिम लिडर रुपा उदासले स्वागत मन्तव्य दिँदै टेवाको उद्देश्यबारे जानकारी गराउनु भयो । उहाले टेवा विदेशी संस्था नभई महिलाले एक–एक रुपैयाँ जम्मा गरेर चलाएको संस्था भएको बताउनु भयो ।

नमुना एकीकृत विकास परिषद्का संस्थापक अध्यक्ष प्रमुख सल्लाहकार ज्ञानु पौडेलले महिलाको हक हितका लागि वकालत गर्दै आएको बताउनुभयो । सर्बजनिक सुनवाइ र अनुपम अभियान सुरक्षा जालोको सँयोजक –तौलेश्वर प्रसाद चौधरीको सँयोजकत्व, नमुना एकिकृत विकास परिषद कार्यसमिती सदस्य रुबिता पुलामी कार्कीकोे अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन सरिता थारुले गर्नुभएको थियो ।

सामुदायिक सुरक्षा जालो कार्यक्रम संयोजक राजेश जि शी को सहयोग मा शिवराज ६ गौराभारी गायत्री मन्दिरको हालमा सम्पन्न भएको हो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, वडा नम्बर ६ का अध्यक्ष माहेताव आलम खान, वडा नम्बर १० की अध्यक्ष मन्जु मिश्रा, वडा अध्यक्ष अनुप चौधरी, महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख शारदा गुप्ता, प्रहरी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, शिक्षक, विद्याथी लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *