सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सल्यान ।  यहाँ भएको  मिनी ट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।  कपुर कोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको पनि मृत्यु भएको हो ।

दुर्घटना पछि गम्भीर घाइते उनलाई कपुर कोट आधारभूत अस्पतालबाट तत्काल रिफर गरिए पनि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या ४ पुगेको छ । अन्य ७ जना घाइते भएका छन् ।

सल्यानको कपुर कोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसम खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा रहेका छन् । उहाँका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *