सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी परेका छन्। सन्धिखर्क नगरपालिका(१ तारामार्गका दीपक केसीको हिजो देउराली पूजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।

बिरामीहरूमा झाडापखाला, बान्ता ,ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए।

उनीहरू सबैको अबस्था सामान्य रहेको छ। गएरातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए। फुड पोइजनको कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ।

बिरामीहरू मध्ये २० जनाको अर्घाखाँची अस्पताल, ४ जनाको ओम पोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटलमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *