सरिता थारु, कपिलबस्तु । बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी थारुले थारु समुदायको पुरानो गरगहना, पोसाक पछिल्लो समय लोप हुदै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाले पुराना पहिरन र आभुषणले संस्कृति झल्काउने र जातीय पहिचान गराउने भएकाले संस्कृतिको जर्गेना गर्न अगाडि बढनु पर्नेमा जोड दिनुभयो । साथै उहाले सबै जातजातीको संस्कृती संरक्षणका निम्ति बाणगंगा नगरपालिकाले बजेट विनियोजन गर्दै आएको उपप्रमुख थारुले बताउनुभयो । बाणगंगा ११ ओदारीमा आज बुधबारदेखि संचालनमा आएको कपिलबस्तु थारु गहना तथा पोशाक सेन्टरको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
यस्तै कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरी, कपिलबस्तु नगरपालिका वडा न. १०का वडा अध्यक्ष मोहनलाल शर्माले बोल्दै यो व्यवसाय संचालन भन्दा पनि थारु जातीको पहिचान बचाउनका लागि गरिएको लगानी रहेको बताउनुभयो । आफ्नो परम्परागत गरगहना तथा पोसाक सबै जातजातीले संग्रह राख्नुपर्नेमा जोड दिनुभयो । यसले आउने भावी सन्ततिलाई पुरानो गरगहना तथा पोशाकको महत्वको बारेमा जानकारी हुन मद्धत मिल्ने औल्याउनुभयो । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद उमाशंकर चौधरी, स्वास्थ्य बिमा बोर्ड कपिलबस्तुका संयोजक बशिष्ठ तिवारी, ओदारी खानेपानीका अध्यक्ष रामशंकर थारु लगाएतले शुभाकामना मन्तव्य दिदी व्यवसाय सफलताको शुभकामना दिनुभएको थियो ।
आधुनिकताको प्रवेशले थारू समुदायका आभूषण र पहिरन लोप हुने अवस्थामा पुगेको र यसको संरक्षण गर्ने उद्धेश्यले कपिलबस्तु थारु गहना तथा पोशाक सेन्टर खोलेको संचालक सुन्दरी चौधरीले बताउनुभयो । आधुनिक युवाहरूले परम्परागत ढंगबाट तयार पारिएका अभूषण र पहिरन लगाउन छोडेर बजारमा सहजै किन्न पाइने पहिरन लगाउन थालेपछि थारू समुदायको पहिचान नै लोप हुने संघारमा पुगेको उहाको दाबी छ । उहाले थारु समुदायको पोशाक मात्रै नभई अडर आए सबै समुदायको पोशाक तयार गर्ने बताउनुभयो । पसलमा उहाले केहिलाई रोजगारी समेत दिनुभएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजिबी, व्यावसायीहरुको उपस्थिती रहेको थियो ।


