श्रीमतीको पुन्य तिथिका दिन विद्यार्थीलाई पोसाक वितरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । अघाखाँचीको शितगंगा–१४ बिक्रम निवासी भक्त बहादुर अधिकारीले आफ्नी श्रीमती स्वर्गीय दिल कुमारी अधिकारीको वार्षिक पुन्य तिथिको अवसरमा विद्यार्थीहरुलई विद्यालय पोसाक प्रदान गर्नुभएको छ । २०८१ साल मंसिर ३ गतेका दिन निधन हुनुभएकी स्वर्गीय अधिकारीको सम्झनामा बिक्रममै रहेको श्री गंगा आधारभूत विद्यालयमा अध्यनरत सम्पुर्ण ८५ जना विद्यार्थीहरुलाई स्कुल ड्रेस प्रदान गर्नुभएको हो ।

पोषाक प्रदान गर्दै अधिकारीले श्रीमतीको सम्झनालाई विद्यार्थीहरु सङ्ग साटेको बताउनुभयो । बि.स. २०२० माघ ५ गते जन्मिुनु भएकी श्रीमतीको सम्झनामा उहाँले आगामि दिनहरुमा पनि विद्यालय र विद्यार्थीहरुका लगि सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा शितगंगा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले स्वर्गीय अधिकारी परिवारमा मात्र नभएर समाजकै प्रेरणाकी स्रोत रहेको अवगत गराउनुभयो । उहाँले गरेको मेहेनत सबैले सिक्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पोख्रेलले आफुहरुको विद्यालय र विद्र्याीहरुलाई नै सम्झेर सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।
कार्यक्रममा शितगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दामोदर ढकाल, वडा सदस्यहरु, वडाका कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *