शिवराज–५ मा १७ घरपरिवारलाई जस्तापाता वितरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ ले आइतबार एक विशेष कार्यक्रमका बीच १७ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ। वडाको पहलमा आयोजना गरिएको उक्त कार्यक्रमले वडालाई खरको छानो मुक्त बनाउने अभियानलाई अघि बढाएको छ ।

कार्यक्रममा वडाध्यक्ष नेत्र प्रसाद बेल्वासेले जस्तापाता वितरणको उद्देश्य र यसको महत्वबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी निरन्तर रूपमा जनताका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। जस्तापाता वितरणले वडाका नागरिकहरूलाई वर्षातको समयमा छानो चुहिने समस्याबाट जोगाउनेछ, साथै आगलागीका घटनामा पनि कमी आउनेछ।

वडाले यसअघि पनि विभिन्न सेवा र सुविधा पुर्‍याउँदै आएको उल्लेख गर्दै अध्यक्ष बेल्वासेले थप्नुभयो, “हाम्रो मुख्य लक्ष्य जनताको जीवनस्तर उकास्नु हो। हामी आगामी दिनमा पनि जनताको हितमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नेछौँ।“कार्यक्रममा वडा सदस्यहरू, स्थानिय समाजसेवीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *