शिद्धबाबामा पहिरो जाँदा बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तीनाउ गाउँपालिका–३ शिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय दोभानका अनुसार शिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसे पछि सडक दुवैतर्फ अवरुद्ध भएको हो ।

निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन कठिन भएको बताइएको छ ।

डोजरले पहिरो हटाउन जोखिमपूर्ण रहेको र ठूला चट्टानहरू खसिरहेकाले जान नमानेकाले कतिबेला सडक खुल्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

सोही क्षेत्रमा सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिरोका कारणले सडक अवरुद्ध बनेको थियो ।

यस क्षेत्रमा वर्षाको समयमा लामो समयदेखि पहिरो जाने तथा दुर्घटना बढेसँगै सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ । सुरुङको ब्रेक थ्रु भइसकेको छ भने लाइनिङको काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *