अब बाणगंगाको जनता मा. बि. पिपरामा बिबिए एआई अध्ययन हुने

कपिलवस्तु । बाणगंगा नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय, पिपरामै बिबिए एआई अध्ययन सञ्चालन हुने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र जनता मा बि बीच भएको औपचारिक सहकार्यसँगै उक्त कार्यक्रम यसै शैक्षिक सत्रदेखि विद्यालयमा सञ्चालनमा आउनेछ । मंगलबार लुम्बिनी विश्वविद्यालयमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो। विश्वविद्यालयका उपकुलपति प्रा।डा। […]
लुम्बिनी भिजनको उत्कृष्ट नतिजा : प्लस टु मा ८५ प्रतिशत बढी विद्यार्थी उतीर्ण

कपिलवस्तु । कपिलवस्तु जिल्लामै पहिलो पटक बिबिए कार्यक्रम सञ्चालन गर्न सफल लुम्बिनी भिजन कलेजले हालै प्रकाशन भएको कक्षा १२ को नतिजामा जिल्लामै धेरै प्रतिशत विद्यार्थी उतीर्ण भएको दावि गरेको छ । कपिलवस्तुको बाणगंगा ३ गंगौलियमा अवस्थित लुम्बिनी भिजन कलेजमा अध्ययनरत विद्यार्थीहरु मध्ये ८५ प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको बताएको छ । उक्त कलेजका छात्र […]
गुल्मीमा डहरे खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

बुटवल । गुल्मीको सत्यवती गाउँपालिका–६ उर्लीखोलास्थित डहरे खोलामा मंगलबार बिहान आएको भेलले शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको छ। सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खोलाले बगाएको कारलाई स्थानीयको सहयोगमा एक्साभेटर र ट्याक्टरको प्रयोग गरी निकालिएको हो। “मानविय क्षति नभए पनि कारमा क्षति पुगेको छ,” अध्यक्ष पाण्डेले बताए। प्रहरीका अनुसार बिहान ११स्४५ […]
आँगनमा खेल्दै गरेका एक शिशुको कुलोमा डुबेर मृत्यु

दाङ । आँगनमा खेल्दै गरेका एक जना शिशुको कुलोमा डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवाका सुरेश बस्नेतकी दुई वर्षीया छोरी शुष्मा बस्नेत आगनमा खेल्ने क्रममा घरनजिकै रहेको कुलामा लड्न पुग्दा बगेकी थिइन्। सोमबार बेलुकी साढे पाँच बजेतिर घरको आँगनमा खेल्दै गर्दा गोठुवा कुलोमा बगेकी शुष्माको बेलुकी ६ बजेतिर उद्धारपछि उपचारका लागि […]
शिद्धबाबामा पहिरो जाँदा बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तीनाउ गाउँपालिका–३ शिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दोभानका अनुसार शिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसे पछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन […]
ब्राइट लुम्बिनी इन्टरनेशनलको शैक्षिक गीत भिडियो सहित सार्वजनिक

जनहित अनलाइन,कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट एक दशकभन्दा बढी समयदेखि निजी शैक्षिक संस्थाको रूपमा सञ्चालनमा रहेको लुम्बिनी लर्निङ सेन्टर हालको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि ले आफ्नै शैक्षिक विशेषता झल्काउने गीत सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशमा स्थापित प्रमुख शैक्षिक संस्थामध्ये धेरै विद्यार्थीहरुको रोजाइमा पर्न सफल ब्राइट लुम्बिनीले आफ्नो बाह्रौँ वार्षिकोत्सवका अवसरमा गितको अडियो सार्वजनिक गरी […]
रमेश विश्वकर्मा ‘साइली’ को “नाच जमिन थर्काउदै” नयाँ तिज गित सार्वजनिक

जनहित अन्लाइन, कपिलवस्तु । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा दिन प्रतिदिन तिज गित हरु आईरहेका छन् । पछिल्लो समय साइली उपनामले चर्चामा आएका रमेश विश्वकर्मा साइलीको “नाच जमिन थर्काउदै” नयाँ तिज गित सार्वजनिक भएको छ । लामो समय देखी गित संगितलाई अंगाल्दै गरेका रमेश एक महोत्सवमा आफु विरामि हुदाँ मिठो स्वरमा […]
यस वर्ष कक्षा १२ को नतिजामा ९ प्रतिशतले सुधार, मौका परीक्षा भदौ २८ र २९ गते हुने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजा गएको वर्षभन्दा सुधार भएको छ । हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् । गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत […]