शितगंगा १३ को मुसिवानमा मोटरेबल पुल निर्माण कार्य सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा १३ मुसिवानमा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । मुसिवान खोलामा मोटरेबल पुन निर्माण नहुँदा सास्ती खेपेका स्थानीय पुल बन्ने भएपछि हर्षित भएका छन ।

आइतवार स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय बुटवलकी प्रमुख निषा रिजाल, सिनियर डिभिजनल इन्जिनियर पारष पाण्डे, इन्जिनियर राजु थापा मगर, प्रशासन शाखा प्रमुख योगराज पौड्याल, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थितीमा पुल निर्माणको लागि अन्तिम नापजाँच गरिएको शितगंगा १३ का वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

पुल निर्माणको जिम्मा ५ करोड ४० लाख बजेटमा थापा इन्जिनियरिङ कन्ट्रकशनले पाएको छ । पुल आगामि २०८२ कार्तिक मसान्त सम्म सक्नु्पर्ने जनाइएको छ । २०७९/८० मा डिपिआर तयार गरिएपनि निर्माण कार्य भने अहिले सुरु भएको हो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *