काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँगको पाँचौं टि-ट्वेन्टीमा नेपाल विजयी भएको छ । अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेपालको जितका लागि आशिफ शेख र अनिल साहले अर्ध शतक बनाए भने कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३७ रन प्रहार गरे ।
टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै पूरा गर्यो । नेपालका लागि आशिफले ३३ बलमा ५१ रन बनाए भने अनिलले ४५ बल खेल्दै ५८ रन बनाए । नेपालका लगि ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए ।
वेस्ट इन्डिजका लागि एलिक एथान्जेले ४२, कप्तान रोस्टन चेजले ३३, जोन्सन चाल्सले २४ र म्याथ्यु फर्डले २३ रन बनाएका थिए ।
नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३-३ विकेट लिए भने अभिनाश बोहोराले १ विकेट लिए । यो खेलसँगै नेपालसँगको पाँच म्याचको टी-ट्वेन्टी सिरिज वेस्ट इन्डिज ‘ए’ले ३-२ ले जितेको छ ।

