विनास्वीकृत जापान गएको भन्दै विरोध भएपछि कोशीका आन्तरिक मन्त्रीले दिए राजीनामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

प्रदेश मन्त्री परिषद् र संघ सरकारको अनुमती बेगर नै जापान गएको विषय विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन्। उनले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाइ राजीनामा बुझाएको कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ ।

तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए। उनले पारिवारिक भेटघाटका लागि जानुपर्ने भएपछि समय नपाएको बताउँदै आएका छन।

अधिकारी गत कात्तिक १३ गते जापानको टोकियोमा हुने एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुने भन्दै गएका थिए। तर स्रोतका अनुसार उनी उक्त कार्यक्रममा सहभागी नभइ फर्केपछि थप विवादमा परेका थिए।

‘जापान जाने क्रममा मबाट कमीकमजोरी भयो, छानबिनका लागि सजिलो होस् भनेर राजीनामा बुझाएको छु,’ उनले आफ्नो राजीनामा पत्रमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *