विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षले पार्टी छाडेर रास्वपा  प्रवेश गरेका छन् ।

एमालेबाट दोस्रो पटक विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित लक्ष्मी कुमारी चौधरी र वडा नम्बर-५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले यही भदौ ५ गते रास्वपाको सदस्यता लिएका हुन् । चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ कपिलवस्तुकी जिल्ला उपाध्यक्षसमेत थिइन् ।

त्यस्तै वडा अध्यक्ष मुसलमान नेपाल मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशका उपाध्यक्ष हुन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिकै रूपमा जिम्मेवारी सम्हालिरहेका उनले पनि नयाँ राजनीतिक यात्राका लागि रास्वपा रोजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *