लोकतन्त्र दिवसको अवसरमा उद्योग ब्यापार संघको वित्तीय सुशासन विषयक कार्यपत्र प्रस्तुत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । लोकतन्त्र दिवसको अवसरमा उद्योग ब्यापार संघ कपिलवस्तुले वित्तीय सुशासन विषयक कार्यपत्र प्रस्तुत कार्यक्रम सम्पन्न गरेको छ । उद्योगी व्यवसायीहरुलाई वित्तीय क्षेत्रमा सचेत गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।

कार्यक्रममा बोल्दै कानुन समाज कपिलवस्तुका अध्यक्ष चतुर्भुज पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै उद्योगी व्यवसायीहरुका हक अधिकार र काम कर्तव्यको बारेमा प्रष्ट पार्नुभयो । विगतको तुलनामा पछिल्लो संविधान निक्कै फितलो रहेको समेत उहाँले बताउनुभएको छ । धेरै उद्योगी व्यवसायीहरु वित्त्ीय क्षेत्र र आफुहरुलाई आवश्यक पर्ने कानुनको बारेमा सचेत नरहँदा समस्यामा पर्ने गरेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले देशको अर्थतन्त्र उकास्न महत्वपुर्ण भुमिका खेल्ने व्यवसाय क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । आफुहरु उद्योगी व्यवसायीहरुको हकहितको लागि आएको भन्दै यस्ता कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै संघका वित्त सल्लाहकार प्रेमराज घिमिरे लगायतले सरकारले वित्तीय सुशासनलाई कायम गर्न नसकेको बताउनुभयो । देशमा दलाल पुजीवाद अर्थव्यवस्था मौलाउदा देशको अर्थतन्त्र माथि उठ्न नसकेको उहाँले दाबी गर्नुभयो ।

कानुनी सल्लाहकार मिन प्रसाद पोख्रेलको संयोजकत्वमा भएको कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 12 people, people studying and table

May be an image of 5 people and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *