लोकतन्त्र दिवसको अवसरमा उद्योग ब्यापार संघको वित्तीय सुशासन विषयक कार्यपत्र प्रस्तुत
जनहित अनलाइन, कपिलवस्तु । लोकतन्त्र दिवसको अवसरमा उद्योग ब्यापार संघ कपिलवस्तुले वित्तीय सुशासन विषयक कार्यपत्र प्रस्तुत कार्यक्रम सम्पन्न गरेको छ । उद्योगी व्यवसायीहरुलाई वित्तीय क्षेत्रमा सचेत गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । कार्यक्रममा बोल्दै कानुन समाज कपिलवस्तुका अध्यक्ष चतुर्भुज पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै उद्योगी व्यवसायीहरुका हक अधिकार र काम कर्तव्यको बारेमा […]
रिब्दीकोटको माल्मुलमा भएको निशुल्क आँखा शिविर बाट १७४ जना लाभान्वित
जनहित अनलाइन, कपिलवस्तु/पाल्पा । पाल्पाको रिब्दीकोटमा सम्पन्न भएको १ दिने निशुल्क आँखा शिविर बाट १७४ जना लाभान्वित भएका छन । मंगलबार रिब्दीकोट ३ माल्मुलको श्री लक्ष्मि माध्यमिक विद्यालयमामा भएको शिविरमा १७४ जनाले आँखा जाँच गराएको आयोजक संस्थाले बताएको छ । विद्यार्थी तर्फ छात्र छात्रा गरि ७१ र अभिभावक तर्फ पुरूष महिला गरि १०३ जना गरि […]
कतारका राजा थानी काठमाण्डौमा
काठमाण्डाै । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डाै आइपुग्नुभएकाे छ । कतारका अमिर थानी दिउँसाे पाैने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हाे । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ । राष्ट्रपति पौडेलको निमन्त्रणमा उहाँ दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आउनुभएकाे हाे । […]
जनकपुरको गेस्ट हाउसभित्र महिला र पुरुष मृत फेला
जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित । होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मृतकहरूमा लोहारपट्टी नगरपालिका-४ महोत्तरीकी २५ […]
बढीरहेको डढेलो बाट बस्ती जोगाउने प्रयास गर्दै स्थानीयवासी
काठमाण्डाै । तातो हावासँगै देशका धेरै ठाउँमा डढेलोका घटना बढेका छन् । वन तथा भू–संरक्षण विभागको डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार अहिले देशका दुई सय ८० वटाभन्दा धेरै ठाउँमा बलिरहेको डढेलो रहेको छ । कतिपय ठाउँमा डढेलो निभाउने प्रयास भइरहेको भए पनि धेरै ठाउँमा डढेलो नियन्त्रण बाहिर रहेको छ । स्थानीयवासीले बस्ती जाेगाउनका लागि प्रयास गरिरहेका छन् । […]
कटुवा पेस्तोलसहित बाँके बाट तीन जना पक्राउ
बाँके । नेपालगन्जमा कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, लोनियनपुरुवाबाट कटुवा पेस्तोल र गोलीसहित सदाराम बागवान, साकिरअली बागवान र हुसेन बागवानलाई पक्राउ गरेकाे हो । उनीहरू भे ६ प ४९०२ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले शङ्का लागेर जाँच गर्दा पेस्तोल बरामद भएको जनाएको छ । […]
चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो
दाङ । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनी बताउँछन् । बर्सेनि चैते धान रोप्दै आएका घर्तीले हिजो रोपाइँ सकेका हुन् । उनले भने, ‘सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने […]
आज १८ औँ लोकतन्त्र दिवस : महत्वपूर्ण उपलब्धि तर नागरिकमा असन्तुष्टि कायमै
काठमाण्डौ । आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापित गरेकाले नागरिकको जित भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता […]