लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः प्रदेश निजामती सेवा ऐन संसोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

देउखुरी। लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ।

प्रदेश मन्त्रिपरिषदको सोमबार सम्पन्न बैठकले ऐन संसोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो।

विभिन्न दफा र उपदफाहरुमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएपछि सरकारले ऐन संशोधनको प्रस्ताव अघि बढाएको हो।  २०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो।

प्रदेश प्रमुखले विधेयकलाई मंसिर २१ गते प्रमाणिकरण गरेपछि कार्यान्वयनमा आएको थियो।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार प्रदेश सभामा ऐन संसोधनको विधेयकको प्रस्ताव दर्ता हुनेछ।  आगामी प्रदेश सभा बैठकमा ऐन संसोधन प्रस्ताव पेश हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *