लुम्बिनी प्रदेशमा थपिए २४ वटा मतदान स्थल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदान स्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदान स्थल थपिएका हुन् ।

नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ ।

लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचनस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँची जिल्लामा सात वटा मतदान स्थल थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन्  ।

उनका अनुसार मतदाता बढी भएका क्षेत्र र मतदान गर्नका लागि टाढा जानुपर्ने ठाउँमा मतदाताको सहजताका लागि जिल्ला स्तरीय मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिस अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा २४ वटा नयाँ मतदान स्थल थप गरेको बताए ।

सूचना अधिकारी कुँवरका अनुसार दाङमा छ वटा, गुल्मीमा चार वटा, प्युठानमा तीन वटा, रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक/एक वटा मतदान स्थल थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *